छैठौं बकैया फुटबल प्रतियोगिताको तयारी तीव्रः भोलि शुक्रबार खेल तालिका सार्वजनिक गरिने

१९ पुष, २०८१, शुक्रवार
सारांश
  • बकैया–३ स्थित बकैया रंगशालामा हुने प्रतियोगिताको खेल तालिका भोलि शुक्रबार दिउँसो २ बजे सार्वजनिक गरिने संयोजक लामाले बताए ।

मकवानपुर :  छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिताको तयारी तीव्र भएको छ । आगामी पुस २४ गतेबाट सुरु हुने प्रतियोगिताको तयारी तीव्र र अन्तिम चरणमा पुगेको बकैया खेलकुद विकास समितिका संयोजक विजय लामा थिङले बताएका छन् । 


बकैया–३ स्थित बकैया रंगशालामा हुने प्रतियोगिताको खेल तालिका भोलि शुक्रबार दिउँसो २ बजे सार्वजनिक गरिने संयोजक लामाले बताए । 


यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक–फरक प्रतिस्पर्धा हुने भएको छ । सिनियर टिममा वडा नम्बर ३, ४, ५, ६, ७, ८, ९ र १० गरी ८ टिम सहभागि हुनेछन् भने जुनियरतर्फ वडा नम्बर १, २, ११, र १२ गरी ४ टिम रहनेछन् । 


यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममाच बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए । 


माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नकआउट चरणमा खेलाइने जनाएको छ । प्रतियोगितामा सिनियरतर्फको विजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


यस्तै यस्तै जुनियरतर्फको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार रुपैैयाँ प्राप्त गर्नेछन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार